आज सुर्खेतमा गठबन्धनको संयुक्त भेला

आज सुर्खेतमा गठबन्धनको संयुक्त भेला

सुर्खेत :  सुर्खेतमा आज (आइतबार) सत्ता गठबन्धनको संयुक्र भेला हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दिउँसो २ बजेबाट भेला हुने भएको हो।

बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ। वीरेन्द्रनगरको शुभ होटलमा भेला राखिएको छ।

उक्त भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको सभागीता रहने जनाइएको छ।

भेलामा १० जिल्लाका प्रदेश र प्रतिनिधि सभाका ३६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार समेत वीरेन्द्रनगरमा झरेका छन्।

प्रतिक्रिया