दैलेखमा साँझ ८ बजेपछि देउसीभैलो खेल्न रोक

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले साँझ ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ८ बजेपछि देउसीभैलो बन्द गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार तिहार पर्वको अबसरमा खेलिने देउसी भैलो खेल्नका लागि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म मात्रै समय तोकिएको छ । प्रमुख जिल्ला अधिकारी हमालले नेपाली संस्कृति अनुसार देउसी भैलो खेल्न समेत आग्रह गरेका छन् ।
प्रशासनले पर्वहरुमा कानून विपरितका गतिविधिहरु जूवातास, अवैध मदिरा सेवन, झै–झगडा, विस्फोटक/प्रज्वलनशील पदार्थहरुको बिक्री वितरण तथा प्रयोग लगाएत हुनसक्ने, जसका कारण गतिविधिले मानव स्वास्थ्य, पर्यावरण र सामाजिक सु–सम्बन्धमा नकारात्मक प्रभाव पर्नसक्ने भन्दै यस्ता क्रियाकलाप नगर्न र नगराउन आग्रह गरेको छ ।
प्रतिक्रिया