अझै भेटिएनन् भेरीमा बेपत्ता दुई युवक

सुर्खेत : पिकनिक खाना गएर पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई युवा अझै भेटिएका छैनन् । शनिबार दिउँसो वीरेन्द्रनगरबाट पिकनिक खाना गएका वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
प्रहरीले दुई दिनसम्म पनि खोजतलास गर्दा उनीहरूको अत्तोपत्तो नै नलागेको हो । शनिबार दिउँसो तीन बजेदेखि उनीहरू नदीमा डुबेर बेपत्ता भएका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल रक्तकालीगढ बांगेसिमलका प्रमुख एसपी विमल डाँगीको नेतृत्वमा खोजी कार्य सुरु भएको थियो । यद्यपि उनीहरू अझैसम्म नभेटिएको डाँगीले बताए ।
प्रतिक्रिया