कालिकोट बम विस्फोट घटना : जिल्ला प्रशासनलाई ध्यानाकर्षणपत्र

कालिकोट बम विस्फोट घटना : जिल्ला प्रशासनलाई ध्यानाकर्षणपत्र

दैलेख : जिल्ला प्रशासन कार्यालय कालिकोटलाई ध्यानाकर्षणपत्र बुझाईएको छ । बाल अधिकारका लागि साझा अभियान कर्णाली, सोसेक नेपाल लगाएतका कालिकोटस्थित विभिन्न सामाजिक संघ संस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । कालीकोटको तिलागुफा नगरपालिका–१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनामा बालबालिकाको परिवारलाई उचित क्षतिपुर्ति र घाइते बालबालिकाको उपचारमा सहयोगको लागि ध्यानाकर्षण पत्र बुझाईएको बताईएको छ । कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मालाई बुझाईएको ध्यानाकर्षपत्रमा बाल अधिकार तथा मानव अधिकार उल्लंघनका घटनामा रोकथाम र न्यूनिकरणका लागि राज्यका निकाय तथा सरोकारवाला संगको प्रतिबद्धता तथा अभिमुखिकरणलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने माग उल्लेख छ । यस्तै बम विस्फोटबाट मृत्यु भएका बालिकाको परिवारलाई तत्काल राज्यबाट दिइनुपर्ने राहत तथा क्षतिपूर्ती व्यवस्था गर्नुपर्ने, घाइते बालबालिकाको स्वास्थ्य उपचारको उचित प्रवन्धसहित उनिहरुको शिक्षा, संरक्षण र जीविकोपार्जनको ग्यारेन्टी गरिनुपर्ने लगाएतका मागहरु ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

No description available.

प्रतिक्रिया