जाजरकोटबाट गर्भवतीको हवाइ उद्धार

जाजरकोटबाट गर्भवतीको हवाइ उद्धार

जाजरकोट: सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुगेकी रेखा विकको हवाइ उद्धार गरिएको छ । जुनीचाँदे गाँउपालिका-२ मजकोटकी २१ वर्षीया विकलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

सुत्केरी ब्यथा लागेको तीन दिनसम्म पनि बच्चा जन्मन नसकेपछि उनको अवस्था निकै जटिल भएको थियो ।  तत्काल सुविधा सम्पन्न अस्पताल नपुर्याए ज्यानै जान सक्ने स्वास्थ्यकर्मीको सुझावपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उनको उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन श्रेष्ठले बताए ।

प्रदेश अस्पतालमा रेखाको पेटबाट मृत बच्चा निकालिएको छ । रेखाको स्वास्थ्य अवस्था भने अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । स्थानीय स्वास्थ्य चौकी, गाँउपालिका र स्थानिय प्रशासनको पहलमा जोखिममा परेकी गर्भवतीको उद्धार गरिएको गाँउपालिका उपाध्यक्ष वीरेन्द्र शाहीले बताए । Annapurna post

प्रतिक्रिया