होटलको कोठामा लागु औषध सेवक गरिरहेका दुई पक्राउ

होटलको कोठामा लागु औषध सेवक गरिरहेका दुई पक्राउ

दैलेख : दैलेख जिल्ला सदरमुकामस्थित एक होटलमा लागु औषध सेवन गरिरहेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंकर भट्टराई र योगेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जनाकारी दिए ।

मंगलवार बसपार्कस्थित होटलको एक कोठामा लागु औषध सेवन गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले सेवन गर्नका लागि अगाडी राखेको ४५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ  प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार उनिहरुको साथबाट लाभाको सादा मोबाईल एक थान, पोको लेखेको एन्ड्रोइड मोबाइल दुई थान समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई दैलेख जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया