सोसेक नेपालको कार्यालय कात्तिक १६ देखि माघ १५ सम्म साँझ ४ बजेसम्म खुल्ने

सोसेक नेपालको कार्यालय कात्तिक १६ देखि माघ १५ सम्म साँझ ४ बजेसम्म खुल्ने

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको कार्यालय कात्तिक १६ गतेदेखि साँझ ४ बजेसम्म खुल्ने भएको छ । संस्थाको कर्मचारी सेवा नियमावली २०७९ को दफा ४९ (१) मा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नियमित कार्यालय खुल्ने समय विहान १० बजेदेखि बेलुका ४ बजेसम्म रहने उल्लेख छ ।

सोहि अनुसार कार्यालय खुल्ने र बन्द रहने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिए । यो समयावधीबाहेकको समयमा भने संस्थाको कार्यालय विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहन्छ ।

कार्यकारी निर्देशक थापाका अनुसार शुक्रवार कार्यालय बन्द हुने समय भने दिउँसो ३ बजे रहनेछ । संस्थाद्धारा सञ्चालित राउटे परियोजनाका कर्मचारीहरुले तोकिएको समयमा सेवा दिने र दैलेख र कालिकोटमा रहेको बाल हेल्पलाइन १०९८ को सेवा भने २४ घण्टा खुला रहने कार्यकारी निर्देशक थापाले बताए ।

प्रतिक्रिया