राकमकर्णाली बजारमा ९ वटा सिसि क्यामरा जडान

राकमकर्णाली बजारमा ९ वटा सिसि क्यामरा जडान

दैलेख : जिल्लाको आठबीस नगरपालिका वडा नम्बर ४ स्थित राकमकर्णाली बजारमा सिसि क्यामरा जडान गरिएको छ । राकमकर्णाली बजारका विभिन्न स्थानहरुमा ९ वटा सिसि क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

शान्ति सुरक्षा कायम, अपराध रोकथाम तथा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण र आसन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपुर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नमा सहयोग पुग्ने अपेक्षा सहित सिसि क्यामरा जडान गरिएको हो । आठबीस नगरपालिकाको सहयोगमा सिसि क्यामरा जडान गरिएको बताईएको छ ।

बिहीवार आठबीस नगरपालिकाका मेयर तर्कबहादुर वडुवाल, दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साह लगायतको उपस्थितमा सिसि क्यामरा उद्घाटन गरिएको छ । जडान गरिएका सिसि क्यामराको मनिटरिङ्ग ईलाका प्रहरी कार्यालय राकमकर्णालीबाट हुनेछ ।

 

प्रतिक्रिया