आईतबार रवि लामिछाने सुर्खेत आउँदै

आईतबार रवि लामिछाने सुर्खेत आउँदै

सुर्खेत :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चुनावी सभालाई सम्बोधन गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत आउने भएका छन् । कार्तिक २० गते (आईतबार) वीरेन्द्रनगरको पिपलचौतारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभा हुनेछ ।

प्रतिनिधीसभा सदस्यमा मात्र उम्मेदवार उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेत क्षेत्र नम्बर १ बाट मोहम्मत हसरत अलि र क्षेत्र नम्बर २ बाट टेक बहादुर चुनारालाई उम्मेदवार बनाएको छ । यस्तै संघिय समानुपातिक उम्मेदवार तर्फ खिम बहादुर बाढी र हिरालाल बादी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुक्रबार पाटीको घोषणापत्र (बाचापत्र) सार्बजनिक गरेसँगै चुनावी प्रचारप्रसारका कार्यक्रमलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया