महिला प्रहरी र महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड वितरण

महिला प्रहरी र महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड वितरण

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले महिला प्रहरी र महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख तथा मातहतमा कार्यरत महिला प्रहरी र महिला म्यादी प्रहरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । त्रिभुवन मावी दैलेखको सहयोगमा प्रहरीले प्रतिव्यक्ति ३ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त सेनेटरी प्याड वितरण गरिएको हो ।

प्रतिक्रिया