एमाले कर्णाली प्रदेश कमिटि सदस्य शाहीले दिईन् पदबाट राजीनामा

एमाले कर्णाली प्रदेश कमिटि सदस्य शाहीले दिईन् पदबाट राजीनामा

दैलेख : नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य तारा शाहीले पार्टीको पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले बुधवार विहान एक विज्ञप्ती जारी गर्दै पार्टीको कर्णाली प्रदेश कमिटि सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुँदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्वान्तलाई निष्कृय बनाउदै वर्षाैदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरुलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रष्ट हुन्छ ।’

हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नु हुँदैन भनेर भनेकै आधारमा भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीहरु लगायत हजारौं नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको संगठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, संघिय लोकतान्त्रीक गणतन्त्र विरोधी भुमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी संगठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएको उनको आरोप छ ।

उनले लेखेकी छन् ‘म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजिनामा गरेको घोषणा गर्दै संविधान र संघिय लोकतान्त्रीक गणतन्त्र रक्षाका लागि बाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया