मतदान अधिकृतहरुको तालिम

मतदान अधिकृतहरुको तालिम

दैलेख : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदानका लागि खटिने दैलेखको निर्वाचन क्षेत्र नं. १ का मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि १ दिने आधारभूत तालिम सदरमुकाममा दिएको छ ।

मतदाताको व्यापक सहभागिता, मतदान स्थलको उचित व्यवस्थापन, शान्ति सुरक्षा र मतपेटिकाको सुरक्षा समेतको विषयमा मुख्य निर्वाचन अधिकृत बलराम लम्साल, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, निर्वाचन अधिकारी मनमाया काउचा लगायतले तालिमको सहजीकरण गरेका थिए ।

तालिममा दैलेख क्षेत्र नं. १ का ६६ मतदान स्थल र एक सय तीन मतदान केन्द्रका एक सय तीन मतदान अधिकृत, एक सय तीन सहायक मतदान अधिकृत र तीन जना जगेडा समेत दुई सय नौ जना मतदानन अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागिता थियो ।

क्षेत्र नं. २ का एक सय सात मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि यही प्रकारको तालिम भोलि कात्तिक २७ गते दुल्लूमा सञ्चालन गर्ने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।

प्रतिक्रिया