काँग्रेस सभापति देउवा र माओेवादी केन्द्रका अध्यक्ष प्रचण्ड दैलेखको दुल्लु आउँदै

दैलेख : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दैलेख आउने भएका छन् । दैलेखको दुल्लुस्थित पटाङ्गीनीमा पाँच दलिय गठबन्धनद्धारा आयोजित बृहत जनसभालाई सम्बोधन गर्न सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउन लागेका हुन् ।
भोली कात्तिक २९ गते मंगलवार दुल्लुमा पाँच दलिय गठबन्धनले चुनावी सभा आयोजना गरेको छ । उक्त सभालाई सम्बोधन गर्न काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका महासचिव बेदुराम भुसाल आउने काँग्रेस केन्द्रीय सदस्य सीताकुमारी रानाले बताइन् ।
समानुपातिकतर्फ प्रतिनीधि सभा सदस्यका उम्मेदवार रहेकी रानाले लोकतान्त्रिक–बाम गठबन्धनको बृहत् चुनावी सभालाई भव्य रपमा सफल बनाउन आग्रह समेत गरेकी छन् ।
प्रतिक्रिया