ओलीले झुठ कुरा गरे : काँग्रेस सभापति देउवा

दैलेख : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुठ कुरा गरेको बताएका छन् । मंगलवार सत्ता गठबन्धन दलद्धारा दैलेख क्षेत्र नं. २ को दुल्लुमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दैै देउवाले यस्तो बताएका हुन् । ‘ओली जिले यहि क्षेत्रमा आएर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भएर पनि केही काम गर्न नसकेको भन्दै कुप्रचार गर्नुभएछ,’ देउवाले भने ‘उहाँले झुठ बोल्नुभयो, कोरोनाबाट सबै नेपालीहरुलाई बचाएको छु अरु–अरु धेरै काम गरेको छु ।’
एमाले अध्यक्ष ओलीले आइतवार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजित एमालेको विशाल सभालाई सम्बोधन गर्दै पाँच पटक प्रधानमन्त्री भएर मुलकको हितका लागि गरेको कुनै एक मात्र काम देखाउन शेरबहादुर देउवालाई चुनौती दिएका थिए । त्यसको जवाफ फर्काउँदै देउवाले ओलीले झुठ कुरा गरेको आरोप लगाए ।
ओलीले दुई पटकसम्म संसद विघटन गरेर संसद नै चल्न नदिएको देउवाको आरोप छ । उनले दुल्लु क्षेत्र सिंजा सभ्यताको शितकालिन राजधानी रहेको र दुल्लु क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पनि बताए । संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनले जित्नु पर्ने देउवाको भनाई थियो । देउवाले अहिलेको गठबन्धनले दुई तिहाई सिट ल्याउने दाबी गरे ।
प्रतिक्रिया