गठबन्धन १५ वर्षसम्म जान्छ : प्रचण्ड

दैलेख (दुल्लु) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितका पाँच दलसँगको वर्तमान गठबन्धन १५ वर्ष टिक्ने दाबी गरेका छन् । मंगलवार सत्ता गठबन्धन दलद्धारा दैलेख क्षेत्र नं. २ को दुल्लुमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले भने ‘अहिलेको काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादीसहित पाँच दलबीचको गठबन्धन ५/१० हुँदै १५ वर्षसम्म टिक्छ, यसले नै देशमा शान्तिको नयाँ युगको सुरुवात गर्छ ।’
उनले दुल्लुस्थित भग्नावशेस अवस्थामा रहेको दरबारलाई पुर्ननिर्माण गरिने बताए । दरबारलाई पुर्ननिर्माण गरेर संग्रहालयको रूपमा विकास गरिने उनको भनाई छ । अध्यक्ष प्रचण्डले दुल्लु स्थित नेपाली सेना बसिरहेको क्षेत्रको जग्गा विवाद छिट्टै निरूपण गर्ने बताए ।
‘केहि वर्षयता यहाँका केहि नागरिकको जग्गामा नेपाली सेना बसिरहेको छ, त्यहाँका जग्गा धनीहरुले मुआब्जा समेत नपाएको सुनेको छु,’ प्रचण्डले भने ‘यो विषयलाई छिट्टै टुंगोमा पु¥याउँछौ ।’ प्रचण्डले दैलेखबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए उचित जिम्मेवारी दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया