शान्ति स्थापनामा दुल्लुको भूमिका महत्वपूर्ण : केन्द्रीय सदस्य राना

शान्ति स्थापनामा दुल्लुको भूमिका महत्वपूर्ण : केन्द्रीय सदस्य राना

दैलेख : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले नेपालमा शान्ति स्थापना गर्न दुल्लु र भैरबी क्षेत्रका जनताको भूमिका पनि महतवपूर्ण रहेको बताएकी छन् । मंगलवार सत्ता गठबन्धन दलद्धारा दैलेख क्षेत्र नं. २ को दुल्लुमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दैै रानाले यस्तो बताएकी हुन् ।

समानुपातिक तर्फको प्रतिनीधि सभा सदस्यको उम्मेदवार समेत रहेकी रानाले शान्ति सम्झौता हुनुमा दैलेखको दुल्लु र भैरबी क्षेत्रका आम जनताको भूमिका पनि महत्वपूर्ण रहेको जिकिर गरेकी हुन् । ‘देशमा द्धन्द्ध होइन, शान्ति चाहान्छन् भन्ने सन्देश यो क्षेत्रले पनि दिएको हो,’ उनले भनिन् । माओवादीसँगको गठबन्धन शान्ति सम्झौताको निरन्तरता रहेको संकेत गरिन् ।

उनले देशको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताइन् । ‘संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनले जित्नुपर्छ,’ रानाले भनिन् ।

प्रतिक्रिया