जिल्ला प्रशासनको नियमित सेवा प्रवाह रोकियो

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । प्रशासनले बुधवार एक विज्ञप्ती जारी गर्दै नियमित सेवा प्रवाह रोकिएको जनाएको हो । मंसिर ४ को प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा कार्यालयका अधिकाँश कर्मचारीहरु खटिएको र न्यून संख्यामा कर्मचारी रहेको हुँदा नियमित सेवा प्रवाह रोकिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भुपेन्द्र थापाले बताए ।
उनका अनुसार मंसिर १ गतेदेखि नागरिकता वितरण लगाएतका नियमित सेवा प्रवाहहरु रोकिएको छ । प्रशासकीय अधिकृत थापाले निर्वाचन सेल, मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा बाहेकका सबै खाले नियमित सेवा प्रवाह रोकिएको बताए ।
प्रतिक्रिया