विकास गछौँ भन्छन् सधै झुक्याएर जित्छन्
बालुवाटारबासीका पीडा
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर–११ बालुवाटार । वीरेन्द्रनगरदेखि २० मिनेट हिडेपछि बालुवाटार पुगिन्छ । काठमाडाडौँको बालुवाटार भने होइन । अनकन्टार ठाउँ । समस्या नै समस्या र अभावै अभावमा रुमल्एिको कर्णाली प्रदेशको दैलो छेउमा रहेको वीरेन्द्रनगर ११ स्थित बालुवाटार एउटा भूमिहीन दलित समुदाय हो । नत यहाँ खानेपानी छ । नत बिरामी भएपछि पुग्ने स्वास्थ्य संस्था नै छ । यहाँका नागरिकका समस्या त्यतिबेलामात्र देखिन्छन् जतिबेला चुनाव आउँछ । चुनावपछि उनीहरुका समस्या ज्युँका त्युँ रहन्छन् । फेरी आफ्नै कामकाजमा व्यस्त हुन्छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा फेरी विभिन्न समस्या देखाउदै र ति समस्याका समाधान गर्ने प्रतिबद्धता जायर गर्दै घरघरमा जाने दलहरुको दौडधुप निकै चलेको थियो ।
मतदाता रिझाउने कसरतमा नेता लागिरहेका बेला वीरेन्द्रनगरको एउटा भूमिहीन दलित समुदाय भने आफूहरूको उचित व्यवस्थापनमा बेवास्ता गरिएको भन्दै असन्तुष्ट छन् । वीरेन्द्रनगर–११ मा रहेको बालुवाटार बस्ती राजनीतिक पार्टी र नेतृत्वप्रति आक्रोशित छन् । यहाँका बासिन्दाले नेताहरूलाई झुठा आश्वासन ल्याएर फेरी गाउँमा नआउन सुझाव समेत दिएका छन ।
बालुवाटारमा अहिले २७ घरधुरी बसोबास गर्छन । वर्षौदेखि भोगचलन गर्दै आएको जमिन उनीहरूका नाममा छैन । भूमिहीन यो बस्तीको विगतदेखिकै मुख्य माग लालपुर्जा हो । तर, हरेक पटक लालपुर्जा दिलाउने नेताहरूका झुठा आश्वासनले उनीहरू आजित छन । चुनावताका फकाउन बस्तीमा पुग्ने नेताले जितेपछि फर्किएर आफूहरूका समस्या सुन्न नआएको गुनासो बालुवाटारबासीको छ । बालुुवाटारमा बादी समुदाय बसोबास गर्न थालेको तीन दशकभन्दा बढी समय भयो । रोग, भोक, गरिबी र अनेक खालका अभावले जेलिएका यहाँका बासिन्दा सधैँ आश्वासन मात्रै पाउँछन । दशकौंदेखि बस्दै आएको जमिन आफ्नो नाममा नहुँदा उनीहरू आधारभूत सेवा लिनबाट समेत वञ्चित छन ।
चुनावताका बेला नेताहरुले बोलेका कुरा विश्वास नै नलाग्ने गरेको रङ्गवीर गन्दर्भ बताउँछन् । हामीलाई नेताहरूले सधँै कठपुतली मात्र बनाए,’ उनले भने, ‘चुनावअघि बोलेका कुरा कहिल्यै पूरा गरेनन् केबल झुटा आश्वासनमा मात्र सिमित रहे ।’ २०७४ को स्थानीय निर्वाचनमा र गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मत माग्न जानेले मोटरबाटो, बस्ती नजिकै विद्यालय, बिजुली र स्वास्थ्यचौकी पु¥याउँछौ भनेका थिए । ‘एक पटक फर्किएर हाम्रा पीडा सुन्न त आएनन्, के–को विकास गर्थे,’ उनले भने ।
लालपुर्जा पाउने आशा मरिसक्यो
नन्नकली वैगारलाई लालपुर्जा पाउँला र आफ्नो जमिनमा बस्न पाउँला भन्ने आशा मरिसकेको छ । विगतमा धेरै नेताले बसेको जमिन तिम्रै नाममा हुन्छ भने पनि कसैले आफूहरूलाई लालपुर्जाका लागि पहल नगरेको नन्नकली वैगारको गुनासो छ । लालपुर्जा आउँछ–आउँछ भन्दाभन्दै कयौं वर्ष बिते,’ उनी भन्छिन, ‘अब त आश पनि मरिसक्यो ।’ बालुवाटार बस्ती खोला किनारमा छ । ऐलानी यस बस्तीमा जीविकोपार्जनका लागि निकै संघर्ष गर्नुपर्छ । आफ्नो नाममा नभएकाले जग्गा धितो राखेर बैंकिङ वा अन्य कुनै काम गर्न पाइँदैन । सुरुमा आठ÷दश घरधुरी रहेको बस्तीमा पछिल्ला वर्षमा घरहरू थपिएका छन् । अभावै अभावमा हाम्रो दिनचर्या बितेको छ,’वैगारले भनिन्, ‘खोलामा गिट्टि कुटेर खान्थ्यौँ त्यो पनि ठुलठुला डोजर आएर सक्याए ।’ हातका औलाले बस्तितिर इसारा गर्दै बस्तिका टहरा देखाउदै नन्नकलीले हामीलाई अभावै अभाव छ । हाम्रा समस्या यही थाती राखेर कसैलाई महलमा पु¥याउन मन छन ।’
हाम्रा माग पुरा नभएसम्म कसैलाई भोट हाल्दैनौँ
भुमिहिन बालुवाटार बस्ति जीविकोपार्जनका लागि रोजगारी नपाएर छटपटाएको छ । दैनिक खोलामा गिट्टि बालुवा निकालेर जिविकोपार्जन गर्ने गर्थे । अहिले त्यो पनि ठटिप्पर ट्याक्टरले खोसेका छन् । समुदाय नजिक विद्यालय नहुँदा पढ्न पाएका छैनन् । स्वास्थ्य उपचारको समस्या त्यस्तै छ । स्थानीय सरकारबाट पनि आशाभन्दा निराशाबाहेक केही नपाइएको सोही ठाउँकी कृष्णा योगी बताउँछिन । मजदुुरी गरेर परिवारको गुजरा चलाउन पनि काम काम पाउदैन,’ उनले भनिन्, ‘बिहान–साँझ छाक टार्न गिट्टी बालुवाको काम गथ्र्यौं । त्यो पनि ठूला–ठूला मेसिन आएपछि परिवार र आफु पालिन हम्मे हम्मे भएको छ ।’
प्रतिक्रिया