दैलेख–१ : प्रदेश सभा १ को मत गणना सुरु

दैलेख : प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ को पनि मत गणना सुरु भएको छ । । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मत गणना सुरु भएको हो ।
यो प्रदेश सभामा नेकपा एमालेका धर्मराज रेग्मी, नेपाली काँग्रेसका पूर्णबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका हृदयराज शाही, नेमकिपाका जगत वहादुर वली र स्वतन्त्र उम्मेदवार चित्र बहादुर खत्री चुनावी मैदानमा छन् । नेकपा एमालेका धर्मराज रेग्मी, नेपाली काँग्रेसका पूर्णबहादुर खत्री मुख्य प्रतिस्पर्धी हुन् ।
यो प्रदेश सभामा गुराँस, डुङ्गेश्वर र भगवतीमाई गाउँपालिका पर्दछन् ।
प्रतिक्रिया