रेडक्रस माविमा सडक नाटक प्रर्दशन

रेडक्रस माविमा सडक नाटक प्रर्दशन

दैलेख : लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा दैलेख सदरमुकाम नजिकको रेडक्रस मावि भूर्तीमा महिला माथि हुने घरेलु हिंसा र बालिकाहरुलाई हुने यौनजन्य हिंसा अन्त्यको शिक्षाप्रद सडक नाट प्रस्तूत गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले दैलेखको आयोजनामा किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको युवाहरुले नाटक प्रर्दशन गरेका हुन् ।

नाटक जीवन उपयोगी भएको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक सुशीला भूसालले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने बताइन् ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारी र अक्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता गोपाल नेपालीले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया