११ महिनामा नेपाल भित्रिए ५ लाख ४६ हजार पर्यटक

११ महिनामा नेपाल भित्रिए ५ लाख ४६ हजार पर्यटक

काठमाडौँ :  ११ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्ममा विभिन्न मुलुकका विदेशी नागरिकसहित कूल ५ लाख ४६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका हुन् ।

नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ पर्यटक भित्रिएका छन् । युरोपेली मुलुकबाट मात्र १७ हजार २२९ पर्यटक प्रवेश गरेका हुन् ।

दक्षिण एशियाली मुलुकबाट २४ हजार ५९९ पर्यटक आएका छन् । बंगलादेशबाट २ हजार २१८, भारतबाट २० हजार ५३२, पाकिस्तान ३३७, भुटान ४९४ र श्रीलंकाबाट १ हजार १८ पर्यटक प्रवेश गरेका हुन् ।

एक महिनामै बेलायतबाट मात्र ५ हजार १६५ पर्यटक आएका थिए । त्यसैगरी अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन् ।

सन् २०२२ अक्टोबरसम्ममा ८५ हजार २२६ विदेशी पर्यटक बाहिरीएका छन् । बोर्डका अनुसार सन् २०२० १ हजार ९५६, सन् २०२१ मा २६ हजार १३५ र २०२२ को नोभेम्बर महिनासम्ममा ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका छन् ।

कुन देशबाट कति ? 

 

प्रतिक्रिया