लैगिक हिंसा विरुद्ध एकल गायन प्रतियोगिता सम्पन्न

लैगिक हिंसा विरुद्ध एकल गायन प्रतियोगिता सम्पन्न

दैलेख : ‘सभ्य समाजको पहिचान ः लैगिक हिंसा विरुद्धको अभियान’ भन्ने मुल नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा गुराँस गाउँपालिकाले माध्यामिक विद्यालयस्तरीय एकल गायन प्रतियोगिताको आयोजना गरेको छ । एकल गायन प्रतियोगितामा बालबालिकाहरुले लैगिक आधारमा हुने शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसाहरु न्यूनिकरण गर्नका लागि जनचेतनामुलक गितहरु गाएका थिए । कार्यक्रममा सहभागि बालबालिका, शिक्षक, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रहरीको संयुक्त सहभागीतामा बजार ¥याली गरिएको थियो ।

सबै प्रकारका हिसां न्यूनिकरण गर्न पालिकातयार भएको बताउँदै गुराँस गाउँपालिकाका अध्यक्ष टोप वि.सि.ले साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, बालविवाह, महिलालई घरमा सिमित राख्नु, महिलाको कामको मूल्यांकन नगरिनुले लिंगको आधारमा हुने हिंसाहरुमा बृद्धि भएको बताए । ‘एकल गायन प्रतियोगिता मार्फत बालबालिकाले समाजमा हुने विभिन्न प्रकारका हिंसाहरुको उजागर गरेका छन्, यसले बालबालिकाको क्षमता विकास हुनुका साथै समाजमा हिंसा न्यूनिकरण गर्नमा पनि सहयोग पुग्नेछ,’ उनले भने ।

हिंसा विभिन्न प्रकारका भए पनि महिला माथि हुने हिंसाहरु बढीरहेको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काको भनाई छ । सार्वजनिक वा हरेक व्यक्तिको नीजि जिवनमा हुने विभिन्न प्रकारका हिँसाहरुको अन्त्य नभएसम्मा समाज सभ्य हुननसक्ने खड्काको भनाई थियो । हिँसा न्यूनिकरण गर्नु सबैको दायित्व भएकाले हिसा न्यूनिकरणका लागि सबै एकजुट भएर लाग्न खड्काले आग्रह गरेकी थिईन् । म हिँसा सहन्न र म हिसाँ गर्दिन भन्ने कुरा सबैले बुझ्न आवश्यक भएको उनको भनाई थियो ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियानले समाजमा हिंसा न्यूनिकरण गर्न सहयोग गरेको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज वि.सि.ले बताए । ‘हिंसा विकासको बाधक हो । हिँसा समाज विकासको नकारात्मक पक्ष हो । हिँसाले कोही अगाडी बढ्न सक्दैन् । परिवार तथा समाज विखण्डनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न प्रकारका हिँसालाई न्यूनिकरण गर्नु आजको आवश्यकता हो,’ उनले भने ।

प्रतियोगितामा कृष्णा मावि सानाकाडामा अध्ययनरत अस्मिता वि.क. प्रथम, दुर्गादेवी मावि पुलियामा अध्ययनरत पवित्र वि.क. द्धितिय, लक्ष्मी मावि रतिखोलामा अध्ययनरत खगिसरा मल्ल तृृतिय र सरस्वती मावि पातिकान्लामा अध्ययनरत तिर्थजँग बुढाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिल्ड्रेन र गुराँस गाउपालिकाले उक्त कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया