पछाडि पारिएको समुदायको न्यायका लागि राज्यका निकाय सधैँ सहयोगी

पछाडि पारिएको समुदायको न्यायका लागि राज्यका निकाय सधैँ सहयोगी

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले महिला तथा बालबालिका र पछाडि पारिएको समुदायको न्यायको निम्ति राज्यका निकायहरु सधैं सहयोगी रहेको बताएका छन् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा नारायण नगरपालिका–५ स्थित महेन्द्र मावि सोतमा लैंगिक हिंसा रोकथाम सम्वन्धी सडक नाटक र किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रममा डिएसपी साहले यस्तो बताएका हुन् ।
डीएसपी साहले किशोरीहरुलाई आफू सुरक्षित रहन सीप र ज्ञान दिएको बताए । उनले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सोसेक नेपालका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार बिकले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बारे प्रकाश पार्दै हिंसा बिरुद्ध बोल्न थालिएपछि मात्र सुरक्षित हुन सक्ने बताए । यसैबीच त्यहाँ बालिकाहरुलाई हुने यौनजन्य हिंसाबाट जोगिने उपाय विषयमा किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ ।

किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको किशोरी आत्मरक्षा समूहले बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाबाट जोगिने उपाय र सीप बारे नमूना अभ्यास प्रस्तूत गरिएको थियो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, किशोरी आत्मरक्षा अभियन्ता सुनिता सोनी, महेन्द्र मावि सोतका सहायक प्रधानाध्यापक पदमबहादुर बोहोराले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा प्रस्ट्याएका थिए ।

 

प्रतिक्रिया