विभेदको रापमा चलेर विद्रोह गरेका रणसिंह : जस्ले हुम्लाको राजनीतिबाट कर्णालीमा इतिहास रचे
सुर्खेत : हुम्ला जिल्ला । यो नाम सुन्नेबित्तिकै धेरैको कानमा सडक नुगेको विकट हुम्ला चिल्ला भनेर कानमा गुञ्जिन्छ । सदरमुकामसम्म सडक नपुगेको जिल्लाका रुपमा हुम्ला परिचित छ । विभेदका हिसाबले सबैभन्दा धेरै जकडिएको प्रदेश कर्णालीमा हुम्ला सिरानमा छ । गाडी नपुगेको ठाउँमा शिक्षा, सचेतना र समाज परिवर्तनको सोच पुग्न आफैँमा कठिन हो । जुन अहिलेसम्म पनि छदैँछ । यद्यपी परिवर्तनका पाइलाहरु भने रोकिएका छैनन ।
त्यही विकट भुमीको एउटा गुलाबका फुल हुन् ह्म्लाका रण सिंह परियार । हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बनेका छन उनै, रणसिंह परियार । तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध भएका उनले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रुपमा इतिहास रचेका छन ।
१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि पनि माओवादी पार्टीभित्रैको विचलनमा पनि आफ्नो धैर्यता नटुटाएका परियारले २०७९ सालको प्रदेशसभा चुनावमा कर्णालीमा प्रत्यक्षतर्फ चुनाव जित्ने हुम्लाका लागि पहिलो र ऐतिहासिक सांसद बनेका छन ।
आमा गडकला र बुवा जैबिरे परियारको कोखबाट जन्मिएका रणसिंह प्रत्यक्ष चुनावका लागि माओवादीबाट टिकट पाउनु नै ऐतिहासिक मानिएको थियो । त्यो इतिहास उनले विजयी भएर प्रमाणित गरेका छन । सत्ता गठबन्धनको बलमा एमालेका दलबहादुर फडेरा र कांग्रेसका स्वतन्त्र उम्मेद्वार मंगल शाहीलाई हराउँदै चुनाव जितेका उनले खुल्ने गरि उच्च शिक्षा पाएका छैनन ।
विद्यालय शिक्षा बडो मुश्किकले आंशिक रुपमा हासिल गरेका उनी राजनीतिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन पनि ठूलै युद्ध लड्नुपर्ने कठिन संघर्ष पार गरेका व्यक्ति हुन । दसैँपछिको बाढी र पहिरोका कारण बाटो अस्तव्यस्त हुँदा धेरै कठिन संघर्ष गरेर चुनावी मैदानमा होमिएका उनले ६ हजार ४ सय ८१ मत ल्याएर विजय हासिल गरेका हुन ।
उनले आफ्ना प्रतिद्वन्द्वीलाई १ हजार भन्दा फराकिलो मतान्तरले पराजित गरे । बाटो, पहिरो र कठिनाईका कारण वारेसनामामार्फत उम्मेद्वारी दर्ता गराएका उनले कांग्रेस, माओवादी कार्यकर्ताको साथका कारण जित हासिल गर्न सफल भएका हुन् ।
हुम्लाको पनि विकट क्षेत्रमा राजनीति गर्न जति कठिन छ, एक दलित समुदायका व्यक्तिले उचारचढावपूर्ण संघर्ष र सफता पाउन त्यो भन्दा धेरै कठिन छ । त्यो कठिन समय पार गरेर हुम्लाबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षमा चुनाव जित्ने कीर्तिमान राखेका परियारले अब हुम्लाका दलित समूदायको प्रतिनिधित्व गर्दै सिंगो कर्णालीमा झन् कठिन राजनीति गर्नुपर्नेछ ।
२०३३ सालमा जन्मेका परियारले यसबीचमा भोगेका जातीय विभेदको लामो श्रृङ्खला तोड्दै जुन इतिहास लेखेका छन्, अब त्यसलाई कर्णाली प्रदेशसभाबाट विभेदको जड उखेल्ने जिम्मेवारी पूरा गर्नुपर्ने चुनौति छ ।
यसअघि पहिलो कर्णाली प्रदेशसभामा सीता नेपाली, राजु नेपाली, दानसिंह परियार, झोवा विश्वकर्मा र रातो कामी सांसद भएका थिए । त्यसमध्ये सीता नेपाली र रातो कामी मन्त्री बन्न पनि सफल भए । तर उनीहरुले कर्णालीका दलित समूदायका लागि उल्लेख्य काम गर्न सकेनन ।
त्यसमाथि पछिल्लो समय विभेदको जड अन्त्य गर्न भनेर जनयुद्ध गरेको माओवादी नै दलित समूदायमाथि श्रृङ्खलाबद्ध रुपमा नरसंहार मच्चाउँदा पनि त्यसको बचाउमा लागिरहेको परिदृश्य आँखै अगाडि भयानक बनिरहेको छ । यस्तो अवस्थामा जनताको मतले हुम्ला जस्तो जिल्लाबाट विजयी भएका रणसिंहमाथि जिम्मेवारी थपिएको छ । त्यसलाई कसरी पूरा गर्छन् ? हेर्न बाँकी छ ।
तर उनले हुम्लाबाट कोरिएको कठिन संघर्षको इतिहासमा खुशी व्यक्त गर्दै टिकट दिने नेतृत्वदेखि मत दिएर विजयी बनाउने मतदाताप्रति धन्यवाद दिएका छन ।
‘इतिहासमा पहिलोपटक दलित समूदायलाई सम्बोधन गरेको मननयोग्य समय । गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्वको पहलमा पहिलोपटक टिकट प्रदान गरि ऐतिहासिक सर्वहारा वर्गप्रति गरेको सम्मानप्रति हार्दिक आभार प्रकट गर्दछु,’ हुम्लाबाट प्रदेशसभा सदस्यमा विजयी भएपछि सांसद बनेका परियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुम्लाको प्रदेश (क) मा उम्मेदवारी दिदैँ गर्दा ठुलो चुनौती खेप्नु परेको थियो । यो चुनौतीलाई परास्त गर्न अध्यक्ष प्रचण्ड लगायत गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता र विजय गराउने मतदातालाई धन्यवाद दिन चाहन्छु ।’
कामी दमाईको छोराले पढेर के गर्छ भनेर हेपिएका सांसद बने
२०३५ सालमा विद्यालय स्थापना हुँदा विद्यालय स्थापना भएको रहरै रहरमा विद्यालय पुगेका थिए । उनी विद्यालय जादा दलितले पढ्न हुँदैन भन्ने थियो । तल्लो जातले पढेर के गर्छ भनेर रहरले भनेर जातीय छुवाछुत हुने गरेको उनको मानसपटलमा अहिले पनि ताजै छ । माथिल्लो जातकाले मात्र विद्यालय जाने तल्लो जातकाले विद्यालय नगएनी हुन्छ भन्ने कुराबाट उनी कति पनि बिचल्लित भएनन् । मात्र विद्यालय भर्ना भएका थिए । सानैमा उनी पढाइमा निकै रुचि राख्थे ।
दलित विद्यार्थी मध्यबाट उनीमात्र विद्यालय पुगेका थिए । विद्यालय भर्ना भइसकेपश्चात् पढाइमा अब्बल हुँदै गए । पढाइमा अब्बल हुँदा विद्यालयमा गुरुहरुको पनि उत्तिकै माया पाए । उनी विद्यालय जादा नत परिवार शिक्षित नत गाउँसमाज नै शिक्षित थिए । उनी विद्यालयमा मेहनतका साथ पढ्दा गाउँसमाजले उनलाई यो दलित दमाइको छोराले पढेर के गर्छ भन्ने गर्थे । त्यो बेला विद्यालयमा पढ्दा अहिले जस्तै कापी कलम नभएको र सल्लाका फल्याट ताछेर त्यस्मै तेल र मोसो दलेर पढ्ने गरेको अनुभव रण सिंहका मानसपटलमा आज पनि ताजै छ । त्यो बेलाबाट विद्यालयमा अध्यन गर्दै गर्दा उनी आफु कहिल्यै असफल भएनन् ।
विद्यालयमा दलित भएकै कारण अलग्गै बसेर पढ्थे
विद्यालय स्थापना हुँदा रहरै रहरमा विद्यालय पुगेका रण सिंहले नत विद्यालयबाट राम्रो साथ पाए । नत गाउँसमाज र परिवारबाट नै साथ पाएका थिए । आफ्नै बलबुत्याइमा विद्यालय गएका उनी गाउँसमाज परिवार हुँदै अन्तः विद्यालयमा पढ्दा पढ्दै पनि दलित दमाई भएकै कारण एक्लै बस्नु प¥यो । एक्लै दुःख कष्ट भोग्दै मनका पीडाहरुलाई मनको एक भागमा कुम्लयाउँदै उनी चार कक्षासम्म निरन्तर अब्बल हुँदै गए । उनले जनकल्याण प्रा विमा चार कक्षा पास गरेपछि माध्यामिक विद्यालयमा आधा घण्टा हिडेर सुर्योदय माध्यामिक विद्यालय श्रीनगरमा पाँच कक्षामा भर्ना भए । त्यहाँ भर्ना भएपश्चात् उनका संघर्षका दिनहरुको सुरुवात भयो । विद्यालयमा भर्ना भइसक्दा पनि किताबसम्म पाएनन् । सात दिनको पैदल यात्रा गरेर किताब किन्न बाजुराको मार्तडी पुगेका थिए ।
घरको आर्थिक नाजुक थियो । विद्यालयमा छुवाछुत उत्तिकै थियो । छुवाछुत र अपहेलना र कसैको कुरा नसुनेर उनले पढाइमा मन लगाए । एक देखि चार कक्षासम्म अध्यन गर्दा उनले परिवारबाट नै साथ सहयोग नपाएको उनको भनाई छ । घरबाट नै विद्यालय नजान भनेर भने पनि उनले विद्यालय जान रोकेनन् । उनी निरन्तर विद्यालय जान थालेपछि कोही कसैको केही लागेन । जिद्धि गरिहाल्यो पढोस पढेपनि घरकाले भने । नत उनलाई कसैको प्रेणा पाए नत कुनै सल्लासुझाव पाए । आफ्नै संघर्षले यहाँसम्म आफ्नै संघर्ष र मेहनतले पुगेको उनी बताउँछन् । गाउँमा अरुको कुरा सुनेर र घरबाट आमाबुबाले विद्यालय नजानु भनेको कुरा सुनेको भए यहाँसम्म पुग्ने कल्पना थिएन,’उनले भने, ‘निरन्तर आफ्नै संघर्ष र मेहनतले यहाँसम्म पुगेको हुँ ।’ उनको घरको आर्थिक अवस्था निकै दयनीय थियो । दिनभरि बुबाले गाउँभरिका कपडा सिलाएर घर परिवार पाल्दै आएका थिए । कापी कलम किन्नसमेत मुस्किल थियो । त्यही मुस्किलबिच पनि उनी यहाँसम्म पुग्न सफल भए ।
शिक्षक पेशा त्यागेर विद्रोहमा
२०५९ साल फागुन २ गते २४ वर्षको उमेरमा जनयुद्धमा होमिए । जनयुद्धमा होमिदाका पीडा पनि उनीसँग अथाह छन् । परिर्वत र सर्वहारा वर्गको पक्षमा न्याएका लडाइ लड्न युद्धमा होमिए । शिक्षक पेशामै रहेर माओवादीको विभिन्न पदमा रहेर काम गरिसकेका परियारका सम्पुर्ण गतिविधिहरु जिल्लामा पुगिसकेको थिए । त्यो अवस्थामा उनलाई तलब खान अप्ठेरो भइसेको थियो । अखिल नेपाल शिक्षक संगठनको अभियानमा जुटे ।
गाउँगाउँमा पुगेर माओवादी पार्टि र माओवादी जनयुद्ध भनेको जनताको लागि हो । यस्ले अन्याएमा परेकालाई न्याए दिन्छ । सर्वहारा वर्गको अधिनायकत्व कायम गर्छ भन्ने बिचारले सबै शिक्षकहरुलाई संगठित भए । त्यस अभियानबाटै उनी घर नपुगेर युद्धमा पुगे । घरको आर्थिक अवस्था दयनीय थियो । तलबकै भरमा परिवार पालिएको थियो । परियार जनयुद्धमा होमिसके पनि उनको परिवार पुन आर्थिक संकटमा प¥यो ।
प्रतिक्रिया