कर्णाली १०० व्यक्तित्वमा ‘सोलो ट्राभलर’ सिर्जना सिज्जु

कर्णाली १०० व्यक्तित्वमा ‘सोलो ट्राभलर’ सिर्जना सिज्जु

सुर्खेत :  कर्णाली खबरले कर्णालीका १०० ब्याक्तित्व मध्य ३० जना ब्याक्तित्वको नाम सार्वजनिक गरेको छ । सोही ब्याक्तित्व अन्र्तगत प्रभावशाली ३० व्यक्तित्वमा सोलो ट्राभलर सिर्जना सिज्जु पनि परेकी छन् । दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले कर्णालीले सार्वजनिक गरेको सुचिमा उनि पनि पर्न सफल भएकी हुन् ।

‘कर्णालीका ३० व्यक्तित्व’को सूचि

रुकुम पश्चिम, सानीभेरी गाउँपालिकामा जन्मेर कर्णालीका कुना कुना र खोँच खोँचमा लुकेको कर्णालीको भर्जिन अनुहार विश्वसामु देखाउने हुटहुटी साथ लागेकि छन् । उमेरले २५ वर्षीया सिर्जना कर्णालीका छायाँमा परेका गन्तब्यलाई उजागर गर्ने गर्दछिन ।

असोज १९ गते कर्णालीखबर सञ्चालन भएको एक वर्ष पूरा भएको अवसरमा सञ्चालित कर्णालीका १०० व्यक्तित्व सूचिमा युवा, अभियान्तादेखि व्यवसायी र राजनीतिज्ञ सम्म छन् । सूचिको १०० औँ नम्बरमा कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही छन् । कर्णालीखबरले पहिलो ३० व्यक्तित्व अन्तर्गत १०० औँ देखि ७१ औँ नम्बरका व्यक्तित्वको सूचि सार्वजनिक गरेको हो ।

कर्णालीमा विभिन्न पेशा तथा क्षेत्रमा रहेर कर्णालीमा योगदान गरेका व्यक्तित्वहरुको सूचि कर्णालीखबरले गएको असोजदेखि सार्वजनिक गर्न थालेको हो । यो सूचि कुनै पद, शक्ति, वरियता वा प्रभावशाली व्यक्तित्वका आधारमा तय गरिएको होइन । कर्णालीमा केवल उनीहरुको काम, कर्तव्य र योगदानमा समर्पित छ ।

बाँकी रहेका व्यक्तित्वको नाम क्रमशः सार्वजनिक गर्दै जाने दोभान मल्टिमिडियाले जनाएको छ । १०० जनाको नाम सार्वजनिक भएपछि आगामी चैत महिनामा त्यसमध्येबाट उत्कृष्ट १० जनाको नाम सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया