जीप दुर्घटनामा मृत्यु भएका रावतको परिवारलाई सोसेकको सहयोग

जीप दुर्घटनामा मृत्यु भएका रावतको परिवारलाई सोसेकको सहयोग

सुर्खेत :  सोमवार जाजरकोटमा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका मान बहादुर रावतको परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । भगवतीमाई गाउँपालिका २ मा बसोबास गर्दै आएका मृतक मान बहादुर रावतका सोमवार जाजरकोटमा जीप दुर्घटनामा परेर मृत्यु भएको थियो । परिवारको आर्थिक अवस्था दयनीय भएकाले मृतक रावतका परिवारलाई खाद्यन्न सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) बाल स्पोन्सरसिप समावेसी गुणस्तरीय शिक्षा अधिकृत जनक अधिकारीले बताए ।

सामाजिक सेवा केन्द्र (सोसेक)को आर्थिक सहयोग तथा समन्वयमा आठहजार बराबरको खाद्यन्न वितरण गरिएको हो । उनका अनुसार परिवारको अवस्था निकै दयनीय र मृतक रावतकी श्रीमती पनि भिरबाट लढेर उठन नसक्ने अवस्था रहेको हुनाले सहयोग गरिएको बताए । खाद्यन्नमा ३ बोरा चामल , तेल र तीन केजी चिनी घरमै गएर वडा अध्यक्ष दिपक रावतको रोहबरमा परिवारको सदस्यलाई हस्तान्तरणा गरिएको छ ।

मृतक रावतको २६ वर्षिय श्रीमती देवि गिरी रावत सहित दुइ छोरा रहेका छन् । परिवारको पालनपोषण गर्ने श्रीमानको दुर्घटनामा परेरर निधन भएपश्चात् आफ्नो कोही नभएको देवि गिरी रावत बताउँछिन् । परिवारको पालनपोष गर्ने श्रीमानको मृत्यु भयो’, उनले भनिन्, ‘घरको आर्थिक अवस्था दयनीय छ । दुइछोरा कसी हुर्काउ सबैसँग सहयोगको अपिल छ ।’

प्रतिक्रिया