बाल विवाहविरुद्ध ‘वाल्कथन’

बाल विवाहविरुद्ध ‘वाल्कथन’

दैलेख : जिल्लाको दुल्लु नगरपालिकामा बालविवाह विरुद्ध ‘वाल्कथन’ आयोजना गरिएको छ । ‘हामी सबैको ऐक्यबद्धता, बालविवाहविरुद्ध साझा प्रतिबद्धता’ को नारासहित वाल्कथन आयोजना गरिएको हो । दुल्लु नगरपालिका, बालविवाह विरुद्ध साझा अभियानसँगको समन्वयमा आजाव संस्थाले आल्कथन आयोजना गरेको हो । वाल्कथनमा महिला र पुरुषको सहभागिता थियो । दुल्लस्थित द्रोणाचल क्याम्पसदेखि झण्डै तीन किमी वाल्कथन (दौड) आयोजना गरिएको हो ।

दुल्लु नगरपालिकामा बाल विवाह अन्त्यका लागि वाल्कथन आयोजना गरिएको आवाजसंस्थाका जिल्ला परियोजना संयोजक प्रदिप थापाले बताए । बाल विवाह अन्त्यका लागि ऐक्यबद्धताका लागि वाल्कथन दौड आयोजना गरिएको थापाले बताए । वाल्कथनमा २४ पुरुष र ६ महिला गरि ३० जना सहभागि थिए । वाल्कथनमा पुरुषतर्फ सन्दिप भण्डारी, भरतप्रसाद लम्साल, र टिकाराम खनाल क्रमशः प्रथम, द्धितिय र तृतिय भएका छन् ।

यस्तै महिलातर्फ कमलाकुमारी रावत, भगवती खड्का र पूर्णिमा चौलागाई क्रमशः प्रथम, द्धितिय र तृतिय भएका छन् । उनिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दुल्लु नगरका मेयर भरतप्रसाद रिजालले वाल्कथनमा सहभागि भई बालविवाह अन्त्य गर्ने अभियानमा ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले नगर क्षेत्रमा मुख्य समस्याको रुपमा रहेको बाल विवाहलाई अन्त्य गर्न सबैको ऐक्यबद्धता र साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया