रुकुमपश्चिमको मुसिकोट खलंगामा कृषि मेला प्रदर्शनी 

रुकुमपश्चिमको मुसिकोट खलंगामा कृषि मेला प्रदर्शनी 

रुकुम पश्चिम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा कृषि मेला प्रदर्शनी सुरु भएको छ । कृषि विकास कार्यालयको आयोजनामा खलंगाको बालमन्दिरमा कृषि मेला प्रर्दशनी सुरु भएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको छ ।

कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीका अनुसार खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु पदर्शनीमा राखिएको छ । मुसिकोट नगरपालिका भित्रका १ सय ५० जना कृषिकहरुले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएको बताए ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट वस्तुहरुलाई पुरस्कृत गरिने छ । आजै दिउँसो ३ बजे पुरस्कार वितरणको कार्यक्रम राखिएको बताइएको छ । प्रथमलाई २ हजार, द्धितियलाई १५ सय, तृतियलाई १ हजार र शान्त्वनालाई ७ सय रुपैंयाले पुरस्कृत गरिने कार्यालय प्रमुख केसीले बताए ।

कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी जिल्लाका सबै स्थानीय तहमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको उनले बताए । सोही अनुसार आज मुसिकोट नगरपालिकामा प्रर्दशनी भएको र यसअघि त्रिवेणी गाउँपालिकाको प्रदर्शनी सकिएको केसीले बताए ।  यो कार्यक्रमले व्यवसायिक कृषकहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया