व्यवसाय प्रबर्दन गर्न कुखुरा र बोयर बोका बितरण

व्यवसाय प्रबर्दन गर्न कुखुरा र बोयर बोका बितरण

सुर्खेत  : दैलेखको ठाटीकाँध गाउँपालिकामा व्यवसाय प्रबर्दन गर्न कुखुरा र बोयर बोका बितरण गरिएको छ । सोसेक नेपालद्धारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परीयोजना अन्र्तगत व्यवसाय प्रबर्दनका लागि ७५ प्रतिशत बोयर जातको बोका र बल्याक अष्टलक कुखुरा वितरण गरिएको हो ।

गाउँपालिकाभित्र रहेका व्यवसायिलाई व्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले बोयर जातको बोका र कुखुरा वितरण गरिएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

उनका अनुसार पाँचजनालाई तीनसय ५० वटा ब्लयाक अष्टलक कुखुरा बितरण गरिएको छ भने तीनजनलाई ७५ प्रतिशत बोयर बोका  बितरण गरिएको संयोजक रेग्मीले बताए ।

पाँचजनालाई ३५० वटा कुखुरा र तीनजनालाई तीनवटा बोयर जातको बोका बितरण गरिएको छ, “उनले भने, “१ लाख पाँच हजार सातसय ५० को बोयर जातको बोका, ९७ हजार ६ सय ५० को कुखुरा बितरण गरिएको हो ।”

प्रतिक्रिया