गुणस्तरीय शिक्षाका लागि सरोकारवाला बिच अन्तरिक्रया कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि सरोकारवाला बिच अन्तरिक्रया कार्यक्रम सम्पन्न

सुर्खेत :  दैलेखको ठाटीकाँध गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि सरोकारवाला बिच अन्तरिक्रया कार्यक्रम सम्पन्न भएको छ । ए.ई.आइ.एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको सहजिकरणमा सोसेक नेपालद्धारा संचालित सहकार्य परियोजना अन्र्तगत धौलापडा आधारभुत विद्यालय छडाथान ठाटीकाँध ६ मा सरोकारवाला बिच अन्तरिक्रया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्रिया कार्यक्रममा बोल्दै ठाटीकाँध गाउँपालिकाका शिक्षा अधिकृत नेत्र थापाले यो अन्तक्रिया कार्यक्रम शैक्षिक गुणस्तरका लागि प्रभावकारी भएको बताए । पालिका भित्रका सबै विद्यालयमा आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गर्नुपर्छ’, उनले भने, ‘सबै विद्यालयहरुमा यस्तै अन्तक्रिया कार्यक्रम गनुपर्छ त्यस्का लागि पालिका समन्वय गरेर अघि बढ्न तयारर छ ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, अभिभावक र ठाटीकाध गाउपालिकाका शिक्षा अधिकृत नेत्र थापा सहित ४३ जनाको उपस्थिति रहेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

प्रतिक्रिया