पूर्ण सरसफाई उन्मुख बन्यो द्धारी

पूर्ण सरसफाई उन्मुख बन्यो द्धारी

दैलेख : जिल्लाको नौमुले गाउँपालिका–३ द्धारीलाई एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । ‘सरसफाई हाम्रो जिम्मेवारी,पूर्ण सरसफाई उन्मूख हाम्रो द्धारी’ भन्ने मुल नारासहित वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । नवनिर्वाचित कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीको उपस्थितीमा वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ ।

नौमुले गाउँपालिका र कोरियन रेडक्रस मार्फत नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित समावेशी खानेपानी तथा सरसफाई स्वच्छता प्रवद्र्धन परियोजनाको सहजिकरणमा वडास्तरिय खानेपानी सरसफाई स्वच्छता समितिको आयोजनामा वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।

पूर्ण सरसफाइ उन्मूख वडाका लागि बिभिन्न सुचकहरुमा २०७५ माघ महिनादेखि परियोजनाले कार्यक्षेत्र बनाएर बिभिन्न छ वटा क्षेत्रमा काम गदै अएको थियो । सुरक्षीत खानेपानीको पहुँच, समावेशी सरसफाइ, स्वच्छता प्रवद्र्धन, लैंगिक समानता तथा समाजिक समावेशीकरण, जीविकोपार्जन सहयोग र संगठनात्मक विकासको क्षेत्रमा परियोजनाले विभिन्न क्रियाकलाप सञ्चालन गरेको थियो ।

नेपाल सरकारको ‘एक घर एक धारा’ निति अन्तरगत नौमुले गाउँपालिकाको सहलगानीमा बिभिन्न ११ वटा आयोजना मार्फत पाँच सय १९ बढि घरधुरीमा पानीको धारा सहित शौचालय निर्माण तथा मर्मत गरिएको परियोजना अधिकृत हिरासिंह बिश्वकर्माले बताए ।

त्यस्तै सरसफाई सहलगानी कोष मार्फत वडा स्तरिय खानेपानी तथा सरसफाई समन्वय समिति मार्फत बिभिन्न गतिबिधीहरु संचालन गरि सरसफाईका इकाईहरु निर्माण गरिएको छ । एक घर एक धारा सहित, जुठेला, च्याङ निर्माण, करेसाबारी निर्माण, फोहोर फाल्ने खाडलको व्यवस्थापनका साथै कुहिने र नकुहिने फोहोरको व्यवस्थापन लागि खाडलसंगै टोकरी बनाएको वडाध्यक्ष नरबहादुर पुरीले बताए ।

‘पालिकाका ८ वटा वडाहरु मध्ये आगामी दुई बर्ष भित्र थप ४ वटा वडालाई पूर्ण सरसर्फाइ उन्मूख वडा घोषणा गर्ने गरि बिभिन्न सुचकहरुमा कामको थालनी गरिएको गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले बताए । जसका लागि पालिका सहित बिगत बर्षदेखिनै ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, सुआहारा लगाएत संस्थाहरुको साझेदारीमा बिभिन्न सुचकमा काम भईरहेको सुवेदीले बताए ।

प्रतिक्रिया