सल्यानमा बढ्यो २० प्रतिशतले सुन्तला उत्पादन

सल्यानमा बढ्यो २० प्रतिशतले सुन्तला उत्पादन

सल्यान : सल्यानमा २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । विगत तीन वर्षदेखि सुन्तला उत्पादनमा निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशतले वृद्धि भएको छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९ सय ८० मेटिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३ सय ७६ मेटिक्टन उत्पानन हुने अनुमान गरिएको छ । असोजमा लगातार एक साता परेको वर्षाले अन्यबालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असर लगायतका कारण सल्यानमा सुन्तलाको उत्पादन गर्दै आइरहेको थियो । तर यस वर्ष भने गर्त वर्षको भन्दा १ हजार ३ सय ९६ मेटिक्टनले बढी उत्पादन हुने अनुमान गरिएको छ ।  जिल्लाभर किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् । जसबाट प्रत्येक वर्ष २५ करोडसम्म भित्रिदै आइरहेको छ । यो वर्ष किसानले २८ करोड सम्म भित्र्याउने अनुमान छ ।

उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी ६०÷६५ रुपैयाँमा बिक्री गरेका किसानले यो वर्ष ५०÷५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । सल्यानमा उत्पादित सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङ मात्र नभई भारतको सुनवल, लखनौंसम्म पुग्ने गरेको छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख त्रिबेणी र छत्रेश्वरी गाउँपालिकामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया