सुर्खेतको घण्टाघरमा १२ वर्षपछि नयाँ घडी जडान

सुर्खेतको घण्टाघरमा १२ वर्षपछि नयाँ घडी जडान

 

सुर्खेत  :  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको समन्वयका वीरेन्द्रनगर नगरपालिकाले घडी जडान गरेको हो । घण्टाघरमा रहेका चार वटा घडी विगत १२ वर्षदेखि बन्द भएका थिए । लामो समयदेखि बिग्रिएका घडी मर्मतमा कसैले चासो नदिएपछि चर्को आलोचना भएको थियो ।

वीरेन्द्रनगरको खुल्ला मञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा ७० लाख ७९ हजार ५ सय ४० रुपैयाँको लागतमा निर्माण गरिएको थियो ।

१२ वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । अहिले मोबाइलको जमाना भएपनि घडीको महत्त्व छुट्टै हुने गर्दछ ।

घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो ।

प्रतिक्रिया