कर्णालीमा माओवादीका शर्माले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने

कर्णालीमा माओवादीका शर्माले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने

सुर्खेत :  कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा माओवादीका राजकुमार शर्माले आज प्रदेश प्रमुख सामु मुख्यमन्त्री पदका लागि निर्धारित समय भित्रै दावी पेश गर्ने भएका छन् ।

केन्द्रको गठबन्धनले कर्णालीमा माओवादीलाई पाँचै वर्ष मुख्यमन्त्रीको जिम्मा दिने सहमति गरे अनुसार उनले आज मुख्यमन्त्रीमा दावी पेश गर्न लागेको प्रदेश अध्यक्ष विमला केसिले जानकारी दिईन ।

‘आज उहाँले निर्धारित समय भित्रै मुख्यमन्त्रीमा दावी पेश गर्नुहुन्छ ।’ अध्यक्ष केसिले भनिन्, ‘त्यसका लागि प्रमुख सत्ता साझेदार दल नेकपा एमालेसँग वार्ता, छलफल हुँदैछ ।’

उता, बुधबार प्रदेश संसदीय दलको कार्यालयमा बसेको नेकपा एमाले दलको वैठकले सरकारमा सहभागि हुने निर्णय गरेको थियो । ‘हामीले सरकारमा सहभागि हुने निर्णय गरिसकेका छौं । त्यसका लागि आवश्यक वार्ता, छलफल तथा सहमति गर्न हाम्रा दलका नेता यामलाल कंडेललाई जिम्मा दिएका छौं ।’

सत्तारुढ गठबन्धनको अहिलेपनि छलफल चलिरहेको स्रोतको दाबी छ । ‘बारम्बार बसेको वैठकमा एमाले नेता कंडेलले आधा कार्यकाल आफूलाई चाहिने अडान कायम गरिहनु भएको छ ।’ स्रोत भन्छ, ‘तर केन्द्रको निर्देशन बमोजिम एमाले चल्नुपर्ने अडान माओवादीको कायमै छ । यद्यपी सहमतिका लागि वार्ता भने जारी रहेको छ ।’

प्रतिक्रिया