जनताको मनोभावना बुझेर पालिकाको विकास गर्न सांसद रानाको निर्देशन

दैलेख : जिल्लाको भैरवी गाउँपालिकाको १२औँ गाउसभा आज उद्धघाटन भएको छ । हिउँदे अधिवेसनको रुपमा रहेको उक्त गाउँसभामा पालिकाका ७ वटै वडाका जनप्रतिनिधिहरु, स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गाउँसभामा बोल्दै कार्यक्रममा प्रमुख अतिथि दैलेख क्षेत्रं २ प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले पालिकाको समग्र विकास नै आम नागरिकको विकास सम्झेर सबैजना हातेमालो गरिअगाडी बढ्न निर्देशन दिइन् । सम्रग पालिकाको विकासका लागि जनताको मनोभावना बुझेर पालिकाको विकासमा लाग्नुस, उनले भनिन्, “अनि मात्र हामीले सोचेको समृद्धि र जनताले चाहेको विकास हुनेछ ।”
कार्यक्रममा दैलेख क्षेत्रं २ प्रतिनिधिसभा सदस्य सिता कुमारी राना प्रमुख अतिथि तथा कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारी रहेको उक्त गाउँसभामा विगत समयको व्यापक छलफल गरिएको छ । गाउँसभामा गाउँपालिकाले यसवर्षको बजेट अन्तरगत हालसम्म ५ प्रतिशत मात्र खर्चगर्न सफल भएको र चाहेअनुसारको लक्षित आम्दानी समेत गर्न नसकेको प्रतिवेदन प्रस्तुत गरिएको छ । भौगोलिक विकटता, राजनैतिक असहमति, आपशी खिचातानी लगाएत कर्मचारीको अभाव मुन्य चुनौतिको रुपमा रहेको प्रति व्यापक छलफल गरिएको छ ।
गाउँपालिकामा हालसम्म प्रमुख प्रशासकिय अधिकृत समेत नभएकोले कर्मचारीहरुमा अन्यौलता छाउनुका साथै विकास निर्माणमा समेत त्यसको प्रत्यक्ष असर परेको बताइएको छ । गाउँपालिकामा हालसम्म ठुला योजनाहरु समेत सम्झौता हुन सकिरहेका छैनन् ।
कार्यक्रममा बोल्ने राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आगामी दिनमा आपशी छलफल र सहमतिकासाथ संवृद्ध भैरवी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन भने जनप्रतिनिधीहरुले आगामी दिनहरुमा मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
यसैगरि गाउँसभामा बोल्दै भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले विविध कारणले गाउँपालिका पछाडी परिरहेको भन्दै अबका दिनमा गाउँपालिकालाई विकास तर्फ लैजानको लागि सबैको हातेमालोको खाँचो रहेकोमा जोड दिइन् ।
यता गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले आफुलाई जनताले काम गर्नको निम्ति पठाएको भन्दै गाउँपालिका र जनताको हित हुने कामको निम्ति जस्तो सुकै कुरामा सहमति हुने र कसैको स्वार्थको लागी आफुले काम गर्न नसक्नेमा जोड दिइन् ।
वृहत छलफल गर्दै आवश्यक विद्येयक ऐन कानुन निर्माण गर्दै विशेष योजनाहरु संशोधन सहित केहि दिनमा गाउँसभा सकिनेछ ।
प्रतिक्रिया