किसानलाई ठगी गरी व्यापारी बेपत्ता

किसानलाई ठगी गरी व्यापारी बेपत्ता

सल्यान : सल्यानका विभिन्न किसानहरूबाट लाखौँको खाद्यान्न तथा तरकारीको बिउ लिएर व्यापारी बेपत्ता भएका छन् । लाखौँ बिउ लिएर व्यापारी बेपत्ता भएपछि किसानहरूले भने समस्यामा परेका छन् ।

चितवन एग्रो सिडका पाटनर शिवानन्द वलीले तरकारी तथा खाद्यान्नको बिउ लगी बेपत्ता भएको हिरा चन्दले बताए । २० टन मकैको बिउ र ८३ किलो काँक्रोको बिउ लिएर वली बेपत्ता भएको बताए ।

अभियान कृषि सहकारी संस्थाबाट २० टन र आफ्नै पसलबाट किसानहरूबाट सङ्कलन गरेको ८३ किलो काँक्रोको बिउ लिएर व्यापारी बेपत्ता भएको उनको भनाई छ ।

किसानले बिउको पैसा माग्न थालेपछि घर बैङ्कमा धितो राखी ऋण निकालेर पैसा तिरेको छु । उनले भने किसानहरूले आफ्नो परिश्रमको पैसा मागी राखेपछि उक्त पैसा तिर्न आफ्नो घर बैङ्कमा धितो राखेर ऋण निकालेकी छु ।

बैङ्कको व्याज पनि तिर्न नसक्ने भएपछि बैङ्कले पनि चिठ्ठी काटी रहेको छ । धेरै पटक व्यापारीलाई सम्पर्कमा ल्याउने प्रयास गरे पनि सफल नभएपछि कम्पनीलाई मुद्दा हालेको चन्दले बताए ।

प्रतिक्रिया