लक्षित कृषकले राहत पाएनन्

लक्षित कृषकले राहत पाएनन्

अमर सुनार
दैलेख, कात्तिक २६ – सरकारका नीति तथा कार्यक्रमहरु कृषि व्यवसायलाई प्रवद्र्धन गर्न ल्याइए पनि लक्षित वर्गले सुविधा नपाएको दुखेसो पोखेका छन् । विश्व खाद्य दिवसको अवसर पारेर आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा सरोकारवाला पक्षले त्यस्तो समस्या दर्शाएका हुन् । WFDays (2) WFDays (1)
जिल्ला सहकारी संस्था संघका जिल्ला अध्यक्ष तेजबहादुर थापाले राहत तथा अनुदानका लागि आएका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमहरु व्यक्तिगत पहुँचका आधारमा वितरण हुने गरेको, पारदर्शिता र जवाफदेही बन्न नसकेको प्रष्ट्याए । नेपाल पत्रकार महासंघका अध्यक्ष नमन शाहीले तथ्यांकको अभावमा कृषि उत्पादकत्व बृद्धिको योजना बन्न नसकेको औल्याए ।
अगुवा कृषक रेशम थापाले आफूहरु अन्न बेचेर पढेको सुनाउदै अहिले जिल्लाको उत्पादनले धान्न नसक्नुमा युवाहरु विदेश पलायन भएकै कारण उत्पादनमा ह्रास भएको बताए । निमित्त स्थानीय विकास अधिकारी बाबुराम नेपालीले युवा जनशक्ति परिचालन र प्रविधिको प्रयोगले कृषिमा आत्म बन्न सकिने विचार राखे ।
कार्यक्रममा दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदी सरकारका नीति तथा कार्यक्रमहरु विकट बस्तीमा लैजान प्रयत्न भएपनि साधन श्रोत र पुरानो कार्यशैलीका कारण आशातित परिणाम आउन नसकेको सुनाए ।
त्यसबखत दुल्लू नगरपालिका–१० का मोतिराम अधिकारी, बडखोला गाविस–५ का दलबहादुर गुरुङ्ग र नारायण नगरपालिका–२ का रेशम थापालाई प्रतिव्यक्ति १० हजारका दरले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरिएको थियो । कृषिका विविध क्षेत्रमा योगदान गरेका व्यत्तिहरुलाई सम्मानपत्र दिइएको थियो । त्यसअघि सरोकारवाला निकायको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया