कर्णालीमा मिल्यो मन्त्रालय भागवण्डाको कुरा
![कर्णालीमा मिल्यो मन्त्रालय भागवण्डाको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-CM-Office_w5cPjhyfkY_jnewawdlabe4gmfse77cyi9uvzvvumycywbhrx5fackkcxqwqd5vtalvwnjk.jpg)
सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डाको कुरा मिलेको छ । मंगलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागवण्डाको विषय टुङ्गाएको हो । जसअनुसार नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश कमिटी इञ्चार्ज कालिबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । यसअघि ३र३ मन्त्रालय लिने सहमती भएपनि कुन मन्त्रालय कसले लिने भन्ने विषयमा कुरा नमिल्दा दुई मन्त्री जिम्मेवार विहिन भएका थिए । उनीहरुले भोली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
प्रतिक्रिया