कृषकको जीवनस्तर उकास्न बाख्रा र बंगुर वितरण

कृषकको जीवनस्तर उकास्न बाख्रा र बंगुर वितरण

सल्यान : जिल्लाको त्रिवणी गाउँपालिकाले ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा र बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले न्युन आयस्तर भएका लक्षित वर्गका कृषकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ बिहीबार बाख्रा र बंगुरका पाठापाठी वितरण गरेको हो ।

विपन्न, एकल महिला तथा लक्षित वर्ग विशेष कार्यक्रम अन्र्तगत पालिका भित्रका ३० कृषकलाई बाख्रा र बंगुरका पाठापाठीका वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । पालिका भित्रका ९ कृषकलाई १८ वटा बंगुरका पाठापाठी र २१ कृषकलाई २१ बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । पालिका भित्रका किसानलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजना अनुरुप बाख्रा र बंगुरका पाठापाठी वितरण गरिएको उनको भनाई छ ।

ग्रामीण क्षेत्रका लक्षित समुदायको जीवनस्तर उकास्न यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिनु भयो । कृषकलाई वितरण गरेका बाख्रा र बंगुरका पाठापाठीको बीमा समेत गरिएको बताए । वितरण गरिएका सम्पूर्ण पशुहरुको प्रत्येक वर्ष अनुगमन गरिदै आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया