सल्यानमा पशु स्वास्थ्य शिविरबाट एक सय २२ कृषक लाभान्वित

सल्यानमा पशु स्वास्थ्य शिविरबाट एक सय २२ कृषक लाभान्वित

सल्यान :  जिल्लाको त्रिवेणी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा न २ गैरागिठीमा सम्पन्न शिविरबाट १ सय २२ किसान लाभान्वित भएका छन् । शिविरमा १ सय २२ किसानका १ हजार १ सय ९० बाख्रा, ९ सय ८१ कुखुरा, १ सय १४ गाई गोरु, ७ भैँसीलाई निःशुल्क औषधी वितरण तथा उपचार गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

९ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताए । शिविरमा बाख्रालाई डे«न्चिङ, पशु बन्ध्याकरण, निःशुल्क औषधी वितरण, उपचार सेवा तथा निःशुल्क रेबिज विरुद्धको खोप सेवा उपलब्ध गराइएको उनको भनाई छ ।

पशु सेवा शाखाको सेवा भन्दा टाढा रहेका बस्तीमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको रावतको भनाई छ । अर्को शिविर त्रिवेणी गाउँपालिकाको वडा न ५ मा सञ्चालन हुने समेत बताए । शिविरबाट किसानलाई पशुहरूमा लाग्ने रोगहरूको बारेमा जानकारी दिएको र पशु रोगबाट बच्ने उपायबारे परामर्श पनि प्रदान गरिएको छ ।

 

प्रतिक्रिया