अनुदान फर्म दर्ताका आधारमा नभई उत्पादनको आधारमा हुन्छ : मन्त्री शर्मा

अनुदान फर्म दर्ताका आधारमा नभई उत्पादनको आधारमा हुन्छ : मन्त्री शर्मा

सुर्खेत : अनुदान फर्म दर्ताका आधारमा नभई उत्पादनको आधारमा हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी निर्देशनालयको आयोजनामा एक दिने स्थानिय तह सँग समन्वयात्मक बैठक उद्घाटन गर्दै मन्त्री शर्माले प्रदेश सरकारले होस यात स्थानिय सरकारले दिँदै आएको अनुदान किसानको उत्पादन सँग नभई फर्म दर्ताको आधारमा भएकाले यसकोनिरुपण नै अनुदान पाउन उत्पादनलाई मूल्याङ्कनको आधारमा मानी अनुदानको व्यवस्था गर्न निर्देशन दिए ।

अहिले कर्णाली प्रदेश सरकारको नीति उत्पादनमा आधारित रोजगारी सृजना गर्ने गरी १० हजार युवालाई रोजगारमा जोड्ने कार्यक्रम बनाउनु पर्ने बताउँदै रोजगारीको ठुलो सम्भावना तथा अवसर कृषि मा नै भएकाले कृषिमा आधारित उत्पादन र रोजगारी वृद्धि गर्न सङ्घ प्रदेश र स्थानिय सरकार समन्वय सहकार्य गरेर अगाडि बढे मात्र कर्णाली प्रदेश समृद्ध हुने बताए ।

मन्त्री शर्माले पशु सेवा शाखा तथा निर्देशनालयले प्रदेशमा प्राप्त गरेको खोपहरू प्रभावकारी रुपमा परिचालन गर्न नसकेर प्रदेशमा प्राप्त खोरेँत रोगको खोप १ लाख ८० हजार डोज मध्ये कटौती गरी ५० हजार डोज मा झारिनुले स्थानिय सरकारले कर्मचारी फिल्ड बुक तयार तथा माग विवरण सहितको तथ्याङ्क तत्काल मन्त्रालयमा पठाउन निर्देशन दिए ।

अहिले सम्म पशु उत्पादनमा मात्र बजेट निर्माण गर्ने गरेकोले पशु स्वास्थ्य ठुलै समस्या आउँदा बजेट अभावका कारणले पशुमा ठुलै क्षति भई किसान घाटामा गएको दिनानुदिन समस्या तथा गुनासो मन्त्रालयमा आएकाले अब पशु स्वास्थ्यमा आवश्यक बजेट र सेवा दिने कार्यक्रम बनाउन सुझाए । मन्त्री शर्माले पशुपन्छी निर्देशनालये उत्पादन र खपत र बजारीकरणको तथ्याङ्क नभएकाले तत्काल तथ्याङ्क उपलब्ध गराउन निर्देशन गरे ।

सुर्खेत जिल्लाका ९ स्थानिय तह सँग अहिलेको अवस्था भावी योजना र उत्पादन र बजेट कार्यान्वयनको अवस्थालाई मध्यनजर गर्दै योजना निर्माण गर्न उद्देश्यले आयोजना गरिएको समन्वयात्मक बैठकमा निर्देशनालयका प्रमुख स्थानिय तहका प्रमुख तथा नगर तथा पालिका पशु सेवा शाखा प्रमुखले प्रगति प्रतिवेदन प्रस्तुत गर्न भएको थियो ।

प्रतिक्रिया