ठाटिकाधका कृषि समुहलाई कृषि सामग्रि वितरण

ठाटिकाधका कृषि समुहलाई कृषि सामग्रि वितरण

सुर्खेत :  दैलेखको ठाटिकाध गाउँपालिका गठित कृषि समुहलाई कृषि सामग्रि वितरण गरिएको छ ।

सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाले व्यावसायिक किसान लाई वेमौसमि तरकारि उत्पादन गनका लागि प्लाष्टिक घर सरल थोपा सिचाई लगायतका सामग्रि वितरण गरिएको हो । सोमवार ठाटिकाध गाउपालिका अध्यक्ष रक्ष बहादुर शाहि र कृषि शाखा प्रमुख बिनोद कुमार विष्टद्धारा वितरण गरिएको थियो ।

कृषि सामग्रि वितरणसँगै वेमौसमि तरकारि खेति प्लाष्टिक घर बनाउने तरिका समेत विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा वेमौसमि तरकारी खेती कसरी गर्ने, प्लाष्टिक घर बननाउने तरिका समेत सिकाइएको सहकार्य परियोजना कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बताए । उनका अनुसार सोसेक नेपाल द्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना प्रभावकारी बन्दै भएको र किसानहरु कृषि व्यवसायतर्फ आर्कषित भएको बताए ।

प्रतिक्रिया