विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुन्छ : शर्मा

विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुन्छ :  शर्मा

सल्यान :  सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधि सहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताएका छन् ।

सल्यानको कपुरकोट गाउँपालिकाको १२ औ गाउँ सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्याङ्क व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने बताए ।

कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भएपनि भारतीय विषादी सहितको तरकारी भान्छा भान्छा पुग्दा हामी आयत निर्यातको तथ्याङ्क तथा विषादी परीक्षणलाई ख्याल नगर्दा अहिले र्दीघ रोगीको सङ्ख्या वृद्धि भएको जिकिर गर्दै अब कर्णाली प्रदेश प्राङ्गारिक तथा अर्गानीक प्रदेश निर्माणमा सहयोग गरे कृषि उपज जन्य उत्पादन आयत तथा निर्यातमा विषादीको अनिवार्य परीक्षण गर्ने व्यवस्था मिलाउन कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन हुने बताए ।

कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल मात्रै पुर्याउने काम भएको र अब सडक सञ्जाल सँगै समूह सहकारीमा प्रदेश तथा स्थानिय सरकारले लगानी गर्ने वातावरण तयार पारे उत्पादन वृद्धि भई बजारको समस्या नहुने बताए ।

गाउँ गाउँमा सडक बिजुली पुगेको छ तर तरकारी बिक्री हुँदैन भन्ने नागरिकहरूले सधैँ गुनासो गर्ने भएकाले एक डोका उत्पादन हैन १० डोका उत्पादन गर्न नीति बनाइ समूह सहकारीबाट उत्पादन वृद्धि गरे बजारको समस्या नहुने दाबी गरे ।

कपुरकोट गाउँपालिकाले जिल्लाकै तरकारी उत्पादनमा आत्मनिर्भरता बढाएको भएता पनि भारतीय तरकारी कर्णालीका सबै जिल्लामा भित्रने गरेकाले यसको रोकथाम तथा निराकरण गर्न सल्यानको कपुरकोट तथा सुर्खेतको हर्रे डाँडाबाट तरकारी आयत निर्यात तथ्यांक व्यवस्थापन तथा विषादी परीक्षण गर्न प्राविधिक सहित आवश्यक उपकरण तत्काल व्यवस्था गर्न प्रदेश सरकार तयार भएको बताए ।

रोजगार भनेको टेबुल वर्क होइन काम गरेर खाने हो भन्दै तरकारी उत्पादनका लागि माटो तथा रोग किरामा भएको समस्या पहिचान गर्न एकीकृत कृषि प्रयोगशाला बाट तालिम सञ्चालन भई रहेकाले तालिममा सहभागी बनाउन अनुरोध गरे ।

भारतीय तरकारी हाम्रा भान्छा भान्छा मा पुगेकाले यसबारे कपुरकोट गाउँपालिकाले सल्यानका सबै नगर तथा पालिका मौसमी तथा हिउँदे तरकारी उत्पादन वृद्धि गरे भारतीय तरकारी आयत बन्द हुने गरे ।

अब प्रदेश सरकार सँग योजना माग गर्दा वडा तथा टोलमा बजेट केन्द्रित गर्न सुझाउँदै सङ्घ प्रदेश तथा स्थानिय तहबाट योजना छरपस्ट हुने र अनुगमन गर्न पनि कठिन भएकाले उत्पादन वृद्धिका लागि समूह सहकारीमा लगानी बढाउने बताए । -सल्यानखबर

प्रतिक्रिया