‘आफुले पढेको प्लसटु भन्दा दश दिनको तालिमले धेरै कुरा सिक्यौँ’

‘आफुले पढेको प्लसटु भन्दा दश दिनको तालिमले धेरै कुरा सिक्यौँ’

सुर्खेत :  हरित उद्यमी बन्न सम्भावित युवाहरुका लागि व्यवसाय सुरुवात तथा सुधार सम्बन्धि तालिम सम्पन्न भएको छ । गुराँस गाउँपालिकाको समन्वय तथा सेभ द चिल्डे«न र सोसेक नेपालको साझेदारीमा संचालित ग्रिन जोन परियोजनाद्धारा संचालित तालिम सम्पन्न भएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा दश दिनसम्म संचालन भएको तालिममा १६ देखि २४ वर्ष उमेर समुहका किशोर किशोरीलाइ तालिम दिइएको हो । उक्त तालिममा १६ जना किशारी र नौजना किशोर गरी २५ जनाको सहभागिता रहेको थियो । तालिममा तीन दिन जीवनउयोगी सिप, एक दिन उद्यमीहरुसँग अन्तक्रिया भिजिट र छ दिन व्यवसाय सुरुवात तथा सुधार गरि १० दिने तालिम सम्पन्न भएको हो ।

तालिम पश्चात् कसरी उद्यमी बन्ने, उद्यमी बने के हुन्छ ?, भन्ने कुरा प्रष्ट भएको सहभागिहरुले बताएका छन् । हामी कसरी उद्यमी बन्ने ? उद्यम गरे के हुन्छ ? भन्ने विषयमा प्रष्ट भएको गुराँस गाउँपालिका ३ का २३ वर्षिय गगन शाहीले बताए । मैले एक कक्षा देखि प्लसटु सम्म पढेको शिक्षा केही होइन,’उनले भने, ‘मलाई यो दश दिनको तालिमले धेरै कुरा सिकायो । प्लसटुमा पढेको भन्दा दश दिनको यो तालिमले जीवनमा केही गर्न सकिन्छ भन्ने आशा पलाएको छ ।’

त्यस्तै यहाँभन्दा पहिले विद्यालयमा र अन्य ठाउँमा नसिकेको कुराहरु यहाँ भएको दश दिनको तालिममा सिकेको र सफल उद्यमीहरुसँग प्रत्यक्ष भेट गरेर अन्तक्रिया गर्न पाउँदा आफुहरु पनि सफल उद्यमी बन्नुपर्छ भन्ने आशा पलाएको गुराँस गाउँपालिका ३ कि १८ वर्षिया प्रर्मिला बिसिले बताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकि गुराँस गाउँपालिका उपाध्यक्ष सिवा कुमारी खड्काले आफ्नो कार्यकालभरि कार्यकाल सकुन्जेलसम्म धेरै उद्यमीहरु बनाउने लक्ष्य रहेको बताइन् । अहिले पनि म एक उद्यमी हुँ,’उनले भनिन्,‘पालिकाको जिम्मेवारीसँगै उद्यमीको जिम्मेवारी पनि बहन गरेकि छु । म पनि तपाईहरुजस्तै उद्यमीबाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुँ ।’
आफुले दश हजारबाट सुरु गरेको व्यवसायबाट कडा मेहनत गर्दै गरेको व्यवसायबाट नै अहिले चारजनालाई रोजगारी समेत दिइएको बताइन् ।

हामी जतिसुकै बेला अरुकै कुरा गरेर बस्छौँ हामीले हामी र म मा परिर्वतन भएर लागे मात्र सबैकुरा सम्भव हुने र सफल उद्यमी बन्न सफल हुने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । अब हामी जम्मै अरुको मा कुरा होइन,’उनले भने, ‘म र हामीमा परिर्वतन भए मात्र सुखि र समृद्ध गुरासबासी हुन्छ ।’

त्यस्तै मध्य तथा सुदुरपश्चिम प्रदेश क्षेत्रिय कार्यालय सुर्खेतका प्रमुख निमित्त एसोसियट डाइरेक्टर रत्न ओझाले तालिममा सहभागि सबैजनाले तालिमपश्चात् आफुले सिकेको सिप तुरुन्तै लागु गरे समृद्ध गुराँस र सफल उद्यमी बन्न धेरै समय नलाग्ने बताए ।

देशमै केही गरौँ भन्ने उद्यमीहरुका लागि आफु सधै खुशिसाथ मन खोलेर सहयोग गर्ने कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख तथा बरिष्ठ कृषि अर्थ विज्ञ चित्र बहादुर रोकायाले बताए ।

 

प्रतिक्रिया