अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज बाल विबाह न्युनिकरण सम्बन्धि माबि स्तरिय लोक गित प्रतियोगिता सम्पन्न

अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज बाल विबाह न्युनिकरण सम्बन्धि माबि स्तरिय लोक गित प्रतियोगिता सम्पन्न

निरक शाही
दुल्लू, दैलेख सम्बर्धन बालअधिकारको कार्यन्वयन संबिधानको भन्ने मुल नाराका साथ मनाईएको अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज बाल विबाह न्युनिकरण सम्बन्धि माबि स्तरिय लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा दुल्लू नगरपालिका का चार वटा मावि को सहभागिता रहेको थियो जसमा प्रथम सरस्वती मावि कृष्णकोट, दृतिय नेपाल राष्ट्रिय मावि कृतिखम्व, तृतिय प्रेम देवी मावि धामीगाउ र सान्तवना बिजया मावि ले हासिल गरेका छन । उचित स्थान हासिल गर्ने प्रतियोगि बिद्यालयलाई पुरस्कार र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी ईलाका प्रसाशनका प्रमुख चक्र प्याकुरेलले समाजमा अभिभावकको लापरवाहीले गर्दानै बालविवाह भएको चर्चा गर्दै यस्ता समस्यालाई सबै मिलेर समाधान गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । नगर बाल संरक्षण तथा सम्बर्धन समितिते ले आयोजना गरेको कार्यक्रमको सम्मन्वय महिला तथा बालबालिका कार्यालय दैलेख, दुल्लू नगरपालिकाको कार्यालय दुल्लू र इलाका प्रशासन कार्यालय दुल्लूले गरेका थिए भने कार्यक्रलाई सफल पार्नको लागि आर्थिक सहयोग सेभ द चिल्ड्रेन तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख ले गरेको थियो । भक्ति प्रसाद उपाध्यायको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका ललित भण्डारी ले राख्नु भएको थियो ।

कार्यक्रम शुन्न तल लिंकमा क्लिक गर्नू होला ।

प्रतिक्रिया