संघीयता र सविंधनको रक्षार्थ एक हुन आवस्यक : मन्त्री शर्मा

संघीयता र सविंधनको रक्षार्थ एक हुन आवस्यक : मन्त्री शर्मा

सल्यान  : कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले जनयुद्ध र जनआन्दोलनबाट बलबाट प्राप्त संघीयता र सविंधानको रक्षार्थ सबै लाग्नु पर्ने बताएका छन् । संविधानको रक्षा र कार्यन्वयनमा सबै पक्ष अघि बढ्नु पर्ने औल्याए ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आयोजित पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शर्माले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनकै शिलशिलामा यस प्रकारका कार्यक्रमहरु भइरहेको बताए ।

नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको संघियता र संविधानलाई उल्ट्याउन केही शक्ति लागि परेको बताउँदै उनीहरुको उक्त सपना सपनामै सिमित हुने बबताए । देशमा गणतन्त्र भन्दा पुरानै व्यवस्था ठिक थियो भन्दै केही शक्तिले भ्रम फैलाइरहेको बताउदै उहाँले यस तर्फ सबै पक्ष सजक हुनु पर्ने बताए ।

खेलकुदका माध्यमबाट थुप्रै खेलाडीहरुले नेपालको नाम विश्वभर चिनाएको बताउँदै खेल क्षेत्रमा दत्तचित्त भएर लाग्न खेलाडीलाई आग्रह गरे । समग्र खेल क्षेत्र र खेलाडीको वृद्धि विकास गर्न सरकारले लागि परेको बताए ।

प्रतिक्रिया