संकटमा रहेका राउटे समुदाय अस्तित्व जोगाउन फकर्दै पुरानै पेशामा
सुर्खेत : बिहानको शिरशिरे बतास र यताउतीका हरिया डाडापाखाले मनमा अनेकन शब्दहरुको वर्षा भइरहेको थियो । बसन्त ऋतुको आगमनले हुँनै आटेर होला रुख विरुवाले पनि नयाँ पहिरन पहिरिने तरखरमा थिए ।
खोली किनारै किनार यात्रा नाभिस्थान पुग्यो । जहाँ केही समय अघि मात्र राउटेले आफ्नो बासस्थान बनाएका थिए । बस्तिमा पुग्दा निकै रमाईलो थियो । कर्णाली र सुदुर पश्चिम प्रदेश आसपासमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय पछिल्लो समय आफ्नै पेशालाई निरन्तरता दिन थालेका थिए ।
समुदायका केही महिलाहरु घर आँगन सफा गर्दै थिए । कोही अस्थाई घर निर्माण गर्नमा व्यस्त देखिन्थे । अन्य राउटे पुरुषहरु काठका विभिन्न सामग्रि बनाउन तल्लिन देखिन्थे समुदायका राउटे युवा जंगल पुगेर काठ दाउरा बोकेर बस्तिमा पुग्दै भारी बिसाउदै थकान मेट्दै थिए । राउटे युवती भने नजिकैको खोलाको पानी टाउकोमा राखेर बस्तितिर आउदै थिए । दृश्य हो दैलेखको भैरवी गाउँपालिका १ नाभिस्थान ।
पहिले बस्तिमा पुग्ने बित्तिकै मदिरा पिएर यत्र तत्र पल्टिएर बस्ने राउटे समुदायमा पछिल्लो समय उनीहरु आफैमा आफुलाई पुरानै रुपमा फर्किने पर्यत्न गरिरहेका देखिन्थे । पहिले बिहानबाट साँझसम्म मदिरामा लिप्त हुने राउटे समुदाय पछिल्लो समय पुरानै पेशामा मोह बढाउन लागि परेका छन् । मदिराकै कारण आफुहरुको जनताले ज्यान गुमाएकोले हामी आफ्नै पुरानै इलमलाई निरन्तरता दिने मुखिया सुर्य नारायण शाही बताउँछन् । मदिरा पिएर हाम्रँे जनताले र हामीले धेरै दुःख पायो,’मुखिया शाहीले भने, ‘अब हामी र हाम्रो जनताले मदिरा पिउदैन । हामी आफ्नै पेशामा फर्किन्छु । नयाँ युवाहरुलाई सीप पनि सिकाउछु हामीले ।’
पहिले बस्तिमा नबसेर गाउँ गाउँ र पसल पसल डुल्ने राउटे समुदाय अहिले बस्तिमा काठबाट बन्ने विभिन्न भाडाकुडा बनाएर मात्र सामान बेच्न अन्य समुदायको बस्तिमा जान थालेका छन् । केही समय अघि दिउँसो बस्तिनै खाली गरेर सबैजना बजार जान्थे भनेको नमान्ने राउटे समुदाय अहिले आफ्नै पेशामा निरन्तर लागेर काठका सामग्रि बनाउन थालेको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् । पहिले सबैजना बाहिर नजाउ भनेर भन्दा पनि मान्दैनन् थिए,’उनले भने, ‘पछिल्लो केही समय यतचा मदिरा पिउन पनि छोड्दै गएका छन् । आफ्नो काममा ब्यस्त हुन थालेका छन् ।
झन्डै १० वर्षमा मदिराले गर्दा राउटे बस्तीमा ६१ जनाको ज्यान गुमाएका छन् । अहिले यहाँको राउटे समुदायका ४० घरमा १ सय ४२ जना राउटे रहेको राउटे बस्तिमा कार्यरत अनमी अमृता रोकायले बताइन् । राउटेले अहिले मदिराको प्रयोग कम गर्दै गएपछि सहज भएको बताइन् । बस्तीमा खाना कम र मदिराको प्रयोग बढी भएकाले राउटेको संख्या घट्दै गएकाले यो अभियान सुरु गर्न आफूहरूले प्रेरणा दिएको उनको भनाइ छ ।
पहिले भनेको पनि नमान्ने त्यस्ले गर्दा गाह्रो भयाको थियो बस्तिमा मन्छे मर्दै गएपछि मर्न भन्दा छोड्न ठिक भनेर अहिले हाम्रो जन्ताले मदिरा नपिउने गरेको महामुखिया मैन बहादुर शाही बताउँछन् । मर्नुभन्दा छोड्नु ठिक भनेर पिउन छोड्यौ, उनले भने, हाम्रो जनताले मदिरा पिउन छोडेपछि अहिले रामणो भयाको छ ।
मंसिरमा मंसिर पुर्णिमा परेकाले भत्ता सबै बाख्रा कुखुरा किनेर मनाएर सबै पैशा खर्च गरे । अहिले उनीहरुलाई पैशाको अभाव भएर पो होकि मदिरा नपिएको भन्ने संका लागेको खत्री बताउँछन् ।
राउटे बस्तिका नारायण शाहीको मदिरा पिएर बस्तिमै जलेर मृत्ययु भएपछि राउटेहरु मदिराको लत हटाउदै गएको जोडि शिक्षक खत्री बताउँछन् । नारायाण शाहीको मृत्युपछि राउटे समुदायले समुदाय मदिराको लत हटाउदै गएका छन्,’उनले भने, ‘मंसिर पुर्णिमामा उनीहरुले धुमधामसँग मनाउछन् । त्यही मंसिर पुर्णिमामा भएको पैसा सक्याए । पैसा सकिएर पनि मदिरा पिएका छैनन् भन्ने लागेको छ । अब मदिरा छोडे नछोडेको पैसा आए थाहा हुन्छ ।’
सरकारले एकमुष्ठ रुपमा हातमा थमाएपछि कता फालौ के गरौँ हुने भएकाले पनि मदिरामा खर्च गर्ने गरेको खत्री बताउँछन् । एक महिनाको एकपटक मात्र भत्ता वितरण गरेको भए सायद उनीहरुले मदिरा सधैका लागि त्याग्ने थिए’ उनले भने ।
अहिले राउटे समुदायसँग पैसा कम भएकाले काठको सामग्रि बनाउन कसिएका छन् । अहिले पैशाको अभाव पनि छ । पैसा धेरै आयो भने काठ बनाउनमा जाँगर नलाउने गरेको खत्रीको भनाई छ ।
बिचमा परेको चाडमा विभिन्न बाख्रा कुखुरा लगायतका रासनहरु ल्याउने काम गरे । पैशा सकियो । मंसिर पुर्णिमा धुमधाम सँग मनाउने । साउने संक्राति, दशै र मंसिर पुर्णिमा धुमधाम सँग मनाउछन् । सक्नेले एउटा नत्र दुइटा बाख्रा किन्छन् । प्रत्येक एकजना पुरुष बराबर एउटा कुखुरा किनेर चाड पर्व मनाउने गरेको जोडी शिक्षक खत्री बताउँछन् । राउटे मुखियालाई मासिक रुपमा भत्ता दिएपछि उनीहरुले रासन भत्ताा किनेर खर्च गर्थे,’ उनले भने, ‘तर, एकैपटक पैसाको मुठो आउदा उनीहरुले खर्च ठाउँ गर्ने पाउँदैनन् । जस्ले गर्दा मदिरामा पिउन पुन सुरु गर्छन् भन्ने संका लाग्छ ।’
यस भन्दा पहिले मदिरा पिए पछि तपाईहरुको भत्ता रोकिन्छ भनेर उनीहरुलाई भनेर मदिरा पिउन केही हदसम्म रोकेको खत्रीको भनाई छ । भत्ता नआउने हो कि मदिरा पिएपछि भन्ने डरले उनीहरुले कम कम गर्दै आएका छन्,’उनले भने, ‘तर, जब एकैपटक सबै भत्ता आउछ त्यो बेला भनेको नमानेर पुन मदिरा पो पिउँछन् कि भन्ने संका लागेको छ । अहिले त आफ्नै पुरानो पेशामा लागेका छन् । निरन्तर रुपमा ।’
प्रतिक्रिया