उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्षमा पुन शाही निर्वाचित

सुर्खेत : नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णालीको अध्यक्षमा पुन पदमबहादुर शाही नै निर्वाचित भएका छन् । छैटौँ अधिवेशनबाट शाही निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा हर्ष विक्रम खड्का र सुधन श्रेष्ठ, कोषाध्यक्षमा भानुभक्त बराल निर्वाचित भएका छन् । सदस्यमा खड्क बहादुर शाही, लक्ष्मी कार्की (सिया), न्यामगाल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, इन्द्रप्रसाद शर्मा, र कमल नेपाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया