ठाटीकाँधमा वित्तिय साक्षरता शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा ग्लोबल मोनी उइकको अवसरमा वित्तिय साक्षरता शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन भएको छ । सोसेक नेपालद्धारा ठाटीकाँधमा गाउँपालिकामा संचालित सहकार्य परियोजनाको आयोजना कुमारी बैंक ठाटीकाँध शाखाको सहजिकरणमा अन्तक्रिया कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा श्री कृष्ण माध्यामिक विद्यालय लकान्द्रबाट १४ जना विद्यार्थी र मालिका माध्यामिक विद्यालय पाँचलका बालक्लबका ७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
साथै दशरथ माध्यामिक विद्यालय प्याडुल्लीबाट ६ जना सहित ठाटिकाधमा रहेको सहकारीबाट ६ रहेका छन् । उद्योग बाणिज्य संघ ठाटिकाँधबाट १ जना रहेका छन् । त्यस्तै २ जना महिला ५ जना पुरुष १५ जना बालिका र ११ जना बालकको सहभागिता रहेको छ ।
कार्यक्रमममा जम्मा ३३ जनाको उपस्थिति रहेको सहकार्य परियोजना सामाजिक परिचालक मनसरा बिष्टले बताउनुभयो । यसवाट बालबालिकालाइ वित्तिय साक्षरता दिन यो कार्यक्रमको आयोजना गरिएको सामाजिक परिचालक मनसरा विष्टको भनाई छ ।
प्रतिक्रिया