एकता सहकारी अध्यक्ष थापा

एकता सहकारी अध्यक्ष थापा

एकता कृषि बहुउद्देश्यशीय सहकारी संस्था लिमिटेड दैलेखको आज भएको सातौं साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशनले हीरासिंह थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मतीबाट गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टीकाकुमारी थापा, सचिव लवराज थापा, कोषाध्यक्ष टीकाराम थापा चुनिनु भएको छ । अधिवेशनले लेखासमितिका संयोजक भक्तबहादुर थापा र ऋण समितिको संयोजक कृष्णबहादुर थापा चयन गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०७२÷०७३ को अवधिमा कुल २१ लाख ७६ हजार ५ सय ५ रुपैयाँ कारोवार गरेको जनाइएको छ ।

प्रतिक्रिया